एकिकृत समाजवादी हेटौँडा ७ मा रामकृष्ण भट्टको नेतृत्व
मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी एकिकृत समाजवादी को २ महिने अभियान अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ को वडा भेला सम्पन्न भएको छ । भेलाबाट रामकृष्ण भट्टको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि पुनर्गठन गरिएको छ ।
कमिटिको उपाध्यक्षमा श्रीजना श्रेस्ठ, सचिवमा सौरभ अधिकारी लगायतका सदस्यहरु चयन भएका छन् । भेला वडा उपाध्यक्ष रामकृष्ण भट्टको अध्यक्षता तथा अनेम संघ जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य गायत्री सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा जिल्ला अध्यक्ष विष्णु दाहालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला कमिटि सचिवालय सदस्य किशोर बर्तौला, नगरका कार्यवहाक अध्यक्ष विष्णुमाया लामा, जिल्ला सचिवालय सदस्य रघु आचार्य,जिल्ला कार्यालय सचिवालय सदस्य नारायण अधिकारी, जिल्ला कार्यालय सचिवलाय सदस्य शान्ति प्रिय बन्दना, जिल्ला सदस्य श्रीजना श्रेष्ठ र नगर कमिटि सचिव सफल अधिकारीको अतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष दाहालले जिल्ला कमिटि सदस्य तथा निवर्तमान वडा अध्यक्ष राजु अधिकारीको ममतामयी माताको स्वास्थ लाभको कामना गर्दै पार्टी संघर्षको सुरुवाती चरणमा जिल्ला मै प्रथम वडा कमिटि र युवा संघ गठन गरी महिला वडा सदस्य जिताउँदै सफल भुमिका निभाउने कमिटीको तारिफ गर्दै सुभकमना ब्यक्त गरेका थिए ।