नेवारपानीबाट एक युवक पक्राउ

लोकखबर
२०८० चैत्र २७, मंगलवार १४:३८

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीबाट एक युवक पक्राउ परेका छन् । प्रहरीले लागूऔषध गाँजासहित रौतहट जिल्लाको माधवनारायण–५, मिठुवाका २६ वर्षीय नूर आलम मन्सुरीलाई पक्राउ गरेको हो ।

सोमबार साँझ करिब ५ बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको टोली र ट्राफिक प्रहरीसहितको संयुक्त टोलीले म्याग्दी जिल्लाको बेनीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ९५४९ नम्बरको यात्रुवाहक बसलाई जाँच गर्दा बसमा सवार मन्सुरीको साथबाट लागूऔषध गाँजा २ केजी बरामद गरेको जनाएको छ ।

मन्सुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको