हेटौँडामा शिक्षा सुधारको अभ्यास तथा योजनाहरु प्रस्तुत
मकवानपुर । मकवानपुरको हेटौँडाका विभिन्न विद्यालयका प्रधानाध्यापकहरुले सार्वजनिक शिक्षा सुधारका लागि गरेका अध्यास योजना र चुनौतिहरु प्रस्तुत गरेका छन् । ‘निःशुल्क, गुणस्तरीय सार्वजनिक शिक्षा सम्भव छ’ भन्ने अभियानका साथ शिक्षा लागि रास्ट्रिय अभियान जिल्ला समिति मकवानपुरको आयोजनामा मंगलबार हेटौँडामा भएको कार्यक्रममा उनीहरुले सो प्रस्तुति दिएका हुन् ।
कार्यक्रमलाई इस्थर बेन्जामिन स्मृति संस्था, रुहेल–सिआरसी र समृद्ध समाज राष्ट्रिय दैनिकको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका शिक्षा सरोकारवालाहरुको उपस्थितिमा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सार्वजनिक शिक्षा सुधारकालागि गरेका असल अभ्यास, प्रगति, चुनौती तथा शैक्षिक सत्र २०८१ को लागि बनाइएको योजनाहरुको प्रस्तुति गरिएको थियो ।
प्रधानाध्यापकहरुको प्रस्तुतिमाथि सार्वजनिक शिक्षा सुधारकालागि वृहत अभियान चलाई रहेका शिक्षा क्याम्पेनर अभिषेक घिमिरेले समिक्षात्मक विश्लेषण तथा सार्वजनिक शिक्षा सुधारकालागि गर्न सकिने नविनतम अभ्यासहरुका बारेमा छलफल गरेका थिए ।
कार्यक्रमको उदेश्य तथा औचित्य माथि शिक्षाका लागि रास्ट्रिय अभियान जिल्ला समिति मकवानपुरका निवर्तमान संयोजक बुद्ध लामाले प्रकाश पारेका थिए । कार्यक्रम जिल्ला संयोजक केदार आचार्यको सभा अध्यक्षतामा भएको थियो ।











































