हेटौँडामा युकेजीका विद्यार्थीको दिक्षान्त समारोह
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडा ४ नम्बर वडा स्थित नवोदय शिशु सदन ईङ्गिलिस सेकेन्डरी स्कुलले बालबालिका र अभिभावकको हौसला बढाउने उद्देश्यले युकेजिको विद्यार्थीहरुको दिक्षान्त समारोह कार्यक्रम गरेको छ ।
प्राथमिक तहकी पूर्व संयोजक एलिसा जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कुल अफ म्यानेज्मेन्टका प्राचार्य पुरन बहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियोे । स्कुलले व्यावहारिक शिक्षामा जोड दिन साहित्य लेखन , खेलकुद प्रतियोगिता, साईन्स एग्जिविशन , संयुक्त राष्ट्र संघको प्रतिनिधि कार्यक्रम , विभिन्न जातजातिका सामाजिक तथा साँस्कृतिक कार्यक्रम गर्दै आएको नवोदयका मावि तह संयोजक सि.एम. रिमालले जानकारी दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रामबाबु थापा , स्कूलका प्राचार्य मनोज थिङ , मावि तह शैक्षिक प्रमुख मञ्चन तिवारी , प्राथमिक तह शैक्षिक प्रमुख संचिता पान्डे लगायतको आतिथ्यता रहेको थियो ।











































