मकवानपुरका शिक्षकहरुलाई सम्मान

लोकखबर
३० चैत्र २०८०, शुक्रबार १२:०४

मकवानपुर । प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन (PNNTA) मकवानपुरले मकवानपुर जिल्लामा बिगत लामो समय कार्यरत रहि पेशागत अवधि,तथा नेपालको शैक्षिक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेका मकवानपुरका अग्रज सेवानिवृत जीवन बिताइरहेका शिक्षकहरूलाई सम्मान गरेको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय समितिको बैठकले ७७ जिल्लामा विभिन्न कार्यक्रम गरि ४५ औं शिक्षक दिवस मनाउने निर्णयसहित सर्कुलर गरेको थियोे। शिक्षकहरूलाई सम्मान तथा उनीहरूको योग्दान र अनुभव संकलन गर्दै घरमै पुगेर सम्मान गरिएको संगठनका केन्द्रीय सचिव पुरूषोत्तम आचार्यले जानकारी दिए।

संगठनले मकवानपुर जिल्लामा लामो समय कार्यरतरहि शैक्षिक आन्दोलनमा उल्लेख्य भूमिका निर्वाह गरेका शैक्षिक आन्दोलनको दौरानमा जेल जीवन समेत भागेका तथा झुटा मुद्दा समेत खेपेका व्यक्तित्वहरु हरि प्रसाद सिग्देल , बैकुण्ठ सापकोटा ,बेली थापा,मङ्गगलदीप बस्नेत, ऋषिराम उपाध्याय पोखरे, बिशाल कुमार बिडारी,मिथलेश मिश्र, घनलाल श्रेष्ठ र रामचन्द्र सुवेदीलाई दोसल्ला तथा सम्मान पत्रले सम्मानित गरिएको थियो ।

सम्मान कार्यक्रममा संगठनका केन्द्रीय सचिव पुरूषोत्तम आचार्य,केन्द्रीय सदस्य जीवन तिमल्सिना ,संगठनका बागमती प्रदेश सहसचिव ज्ञानेन्द्र दहाल,संगठनका मकवानपुर जिल्ला अध्यक्ष कुमार रूम्बा,उपाध्यक्ष बद्री प्रसाद गौतम,प्रमिला सिग्देल ,सचिव मुकेश मिश्र,सहसचिव सरस्वती बल,कोषाध्यक्ष संन्जय राना, जिल्ला सचिवालय सदस्यहरू टेकराज सापकोटा ,रामचन्द्र पाठक लगायतको उपस्थिति रहेको थियो ।


संगठनले ४५ औं शिक्षक दिवस चैत्र २९ गते संगठनको जननी जिल्ला मकवानपुरको भुटनदेवी मा मावि (प्राविधिक शिक्षालय) को प्राङ्गणमा दिप प्रज्वलन समेत गरेको छ।

पछिल्लो चौटि शिक्षक तथा विद्यालय कर्मचारी माझ विभिन्न कार्यक्रम गर्दै आएको संगठनले शिक्षक दिवसको दिन पारेर देशका धैर जिल्लाहरूमा शिक्षकहरू ,सम्मान ,क्यालेन्डर बिमोचन तथा प्रकाशन ,अन्तरक्रिया,शिक्षकहरूको योग्दान,भोगाइ शैक्षिक आन्दोलनको समिक्षा ,अनुभव साटासाट , दिप प्रज्वलन लगायत पेशागत अभिवृद्धिका रचनात्मक र सृजनात्मक कार्यक्रमहरू समेत गरिएको संगठनका केन्द्रीय अध्यक्ष हिक्कमत बहादुर बस्नेतले जानकारी दिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*