हेटौँडामा समाजवादी प्रेस संगठनको शुभकामना आदानप्रदान
मकवानपुर । समाजवादी प्रेस संगठन नेपाल मकवानपुरले हेटौंडामा नयाँ वर्ष २०८१ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
हेटौंडामा बिहिबार गरिएको कार्यक्रममा समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राजन दाहालको सभाध्यक्षता तथा समाजवादी नेता, पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडाको प्रमुख आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष विश्वमणि सुवेदी, केन्द्रिय महासचिव रामकुमार एलन, समाजवादी पार्टीका जिल्ला इन्चार्ज मुनु सिग्देल, जिल्ला अध्यक्ष विष्णु दाहाल, नेपाल पत्रकार महासंघका बागमती प्रदेश महासचिव कृष्णसारु मगर, बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम लगायतको आतित्थ्यता रहेको थियो ।












































