सिमलटारमा सिलाईकटाई तालिम सम्पन्न

लोकखबर
२०८० चैत्र ३०, शुक्रबार १२:१८

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारको विपन्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको ३ महिने आधारभुत सिलाइकटाइ तालिम सप्पन्न भएको छ ।

तालिम आयोजक संस्थाका अध्यक्ष कमलचन्द्र सुमनको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकी वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले धेरै विषयको तालिम लिएर मात्र मान्छे दक्ष हुने नभई एउटा विषयमा तालिम लिनुपर्ने र त्यसैमा दक्ष बन्नुपर्ने सुझाव दिईन् । उनले तालिम पुरा गरेकालाई स्वरोजगार बन्न वडाले सघाउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा भुमि अधिकार मंचका जिल्ला उपाध्यक्ष देवकृष्ण थोकर , सञ्चारकर्मी जी. न्यौपाने, सिमल्टार टोल विकास संस्थाका सहसचिव टंकबहादुर गुरुङ, सिमलटार टोल विकास संस्था सदस्य छेगु गोले, प्रशिक्षक गंगा राना मगर लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा तालिम पूरा गर्ने महिलाहरुलार्इ प्रमुख अतिथि र अतिथिको हातबाट प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको