प्रेस सेन्टर मकवानपुरको कार्यालय भवनको उद्घाटनसहित, शुभकामना आदानप्रदान
मकवानपुर । नेपाल प्रेस सेन्टर मकवानपुरले शुभकामना आदान प्रदान कार्यालयको भवन उद्घाटन कार्यक्रम गरेको छ । शनिबार नयाँ वर्षको अवसरमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रमलार्ई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहभागी सम्पुर्णमा सञ्चारकर्मीहरुमा नयाँ वर्षको शुभकामना व्यक्त गरिन् । सबैले आफुमा र आफ्नो काममा विश्वास गर्न आवश्यक रहेको उनले बताईन् । सञ्चारकर्मीहरुले सञ्चारको माध्यमबाट आफुलाई थाहा भएको कुराहरुलाई समाचारको माध्यमले सम्प्रेष्ण गर्नुपर्ने कुरामा उनको जोड थियो । सञ्चार क्षेत्रमा मात्र नभर्ई व्यापार व्यावसायी अन्य क्षेत्रमा पनि समस्या आउने गरेको बताउँदै मोक्तानले समस्यालार्ई समाधान गर्न सबै लाग्नुपर्ने बताईन् ।
नीतिगत कुराहरुमा लेख्न प्रकृति टाढा रहेको बताउँदै सरकारसँगको विधेयकमा कानुन नबनाउदा कठिन भएको उनको भनार्ई छ । २०८१ सालमा सबै संचारकर्मीहरुले गरेको कामहरु सफलता पुर्वक सफल हुने अपेक्षा उनले गरिन् । गणतन्त्रको स्थापना गर्नका लागि जनताहरुले ठुलो भुमिका निर्वाह गरेको उनले बताईन् । पत्रकारिता क्षेत्रलाई बचाउने कार्यमा सबै सञ्चारकर्मीहरु लाग्नुपर्नेमा उनले जोड दिईन् ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानले सबै सञ्चारकर्मीहरुले आफ्नो क्षेत्रलाई इमान्दारीसाथ प्राथमिकतामा राख्नुपर्ने बताए । घलानले अबको वर्षबाट सबैलार्ई आत्मा निर्भरताकासाथ काम गर्दै प्रगती गर्न अनुरोध गरे
कार्यक्रममा प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी छिन्तु, जिल्ला समन्वय समितिका सभापति ललित घलान, पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णा सारु मगर, पत्रकार महासंघका केन्द्रिय सदस्य सुनिल खड्का, समाजवादी प्रेस संगठनका महासचिव रामकुमार एलन, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौँलागाई, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवाश बिडारी लगायतको आतिथ्यता रहेको थियो ।
प्रेस सेन्टर मकवापुरकी अध्यक्ष अञ्जली थापाको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा भवन उद्घाटन कार्यक्रम भएको हो ।