मकवानपुरगढी– ५ मा कोल्डरुममा बिउ आलु भण्डारण
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा किसानहरुले बिउका लागि कोल्ड रुम (च्याम्बर) मा बिउ आलु भण्डारण गरेका छन् । सिमलटारस्थित तिलगंगा महिला बहुद्देश्यीय सहकारी संस्थाको स्वामित्वमा रहेको कोल्ड रुममा बिउ आलु भण्डारणमा राखिएको हो ।
वडा नम्बर ५ क्षेत्रका कृषकहरुले उत्पदान गरेको आलु बिउको लागि भण्डारण गरिएको सहकारीका व्यवस्थापक सरिता तिमल्सिनाले जानकारी दिईन् । २० मेट्रिक टन क्षमता रहेको च्याम्बरमा हालसम्म १२ मेट्रिक टन बिउ आलु भण्डारण गरिएको छ जसमध्ये २ मेट्रिक टन सहकारी संस्थाले आफैले उत्पादन गरेको बिउ रहेको छ ।

च्याम्बरमा राख्नका लागि कृषकहरुले समय समय बिउ ल्याईरहेका छन् । गत वर्ष २० मेटिक टन बिउ आलु भण्डारण गरिएको थियो ।











































