हेटौँडामा रक्तदान कार्यक्रम सम्पन्न

लोकखबर
२ बैशाख २०८१, आईतवार १७:२०

मकवानपुर । मकवानपुरको हेटौँडामा आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रामेछाप काभ्रे मैत्री समाजको आयोजनामा रक्तदान कार्यक्रम गरिएको हो ।

नयाँ वर्ष २०८१ सालको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको रामेछाप काभ्रे मैत्री समाजका सचिव शुक्रराज लामाले जानकारी दिए । समाजका अध्यक्ष मानबहादुर लामाको सभाध्यक्षता तथा हेटौँडा उपमहानगर पालिका १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा समाजका सहसचिव देविराम लामा , कोषाध्यक्ष देविप्रसाद गौतम , सदस्य सुकदेव काफ्ले , रमेशबहादुर कोर्इराला , ठाकुरदास श्रेष्ठ,कानुनी सल्लाहकार अधिवक्ता केशव प्रसाद गौतम , सल्लाहकार चेतप्रसाद पौडेल लगायतको आतिथ्यतामा रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*