हेटौँडाका १ सहित २ जना युवा पक्राउ

लोकखबर
३ बैशाख २०८१, सोमबार १९:१७

मकवानपुर । पर्साको विरगंजबाट हेटौँडा उपमहानगरपालिकाका १ जना सहित २ जना युवाहरु पक्राउ परेका छन् । बिरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् ।

प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*