हेटौँडाका ४ बाटोको स्तरिकणका लागि बोलपत्र आह्वान

लोकखबर
२०८१ बैशाख ४, मंगलवार १०:५४

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४ वटा बाटोको स्तरिकरणका लागि बोलपत्र आह्वान गरिएको छ ।

हेटौँडा १,२, ७ र ८ नम्बर वडाका बाटोहरुलाई आधुनिक रुपमा स्तरिकरण गर्नका लागि गएको चैत ३० गते बोलपत्र आह्वान गरिएकोमा त्यस अनुसार कार्य अगाडि बढेको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ ।

बाटो स्तरिकरण गर्ने परियोजना अन्तर्गत हेटौँडा १ को पिपलबोटदेखि स्वर्गद्वारी मन्दिर हुँदै रक्तसञ्चार केन्द्र जोड्ने बाटोलाई नमुना बाटो बनाईने उपमहानगरपालिकाले जनाएको छ ।

त्यस्तै हेटौँडा ४ स्थित रजत जयन्ती सडक (मेनरोड–भैरव रोड) दायाँबायाँ सहित हेटौँडा ७ र ८ को बाटोको पनि स्तरिकरण गरिनेछ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको