काँग्रेस मकवानपुरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

लोकखबर
५ बैशाख २०८१, बुधबार १६:१९

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको दुई दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा ४ र ५ गते हेटौंडामा आयोजित पार्टीका जिल्ला, क्षेत्रीय, प्रदेश क्षेत्रीय र गाउँपालिका कार्यसमितिका पदाधिकारीलाई तालिम दिएको सचिव भीमसेन महतले बताए ।

कार्यक्रममा ८१ जना पदाधिकारीहरुको सहभागिता रहेको महतले जानकारी दिए । तालिममा डा. गोविन्द पोखरेल, डा. सुरेश आचार्य, डा. शंकर तिवारी, कांग्रेस बागमती प्रदेशका मूख्यसचिव राजु नेपाल र अर्जुन सुवेदीले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए ।

तालिममा प्रशिक्षण कलादेखि पार्टीको विभिन्न नीति, विधान र बर्तमान परिवेशका बारेमा प्रशिक्षण दिएको कांग्रेस मकवानपुरका सहसचिव ईन्दिरा न्यौपानेले बताईन ।

न्यौपानेका अनुसार प्रशिक्षण गर्ने प्रशिक्षक उत्पादन गर्नका लागि तालिम दिएकोे बताईन । कार्यक्रमबाट उत्पादित प्रशिक्षकहरुले वडा/वडा, गाँउ/गाँउमा गएर प्रशिक्षण दिने बताएको छ ।

कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा जिल्ला सभापति बुद्ध लामाको साभापतित्वमा कार्यक्रम गरिएको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*