प्रदेश स्वास्थ्य मन्त्री श्रेष्ठद्धारा चितवनका विभिन्न अस्पतालको अनुगमन

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठद्धारा चितवनमा स्वास्थ्य मन्त्रालय मातहत रहेका आयुर्वेद औषधी उत्पादन केन्द्र, बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा आयुर्वेद औषधि उत्पादनकेन्द्रले (जि. एम. पी. लेआउट ) अनुसारको भवनको निर्माण र मेसिन जडान अन्तिम प्रकिृयामा रहेकोले छिटो काम सम्पन्न गरी औषधी उत्पादन गर्न साथै औषधी निर्माण गर्दा गुणस्तरलाई कम्प्रमाईज नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रदान गरिरहेको सेवाको अनुगमन तथा निरिक्षण गरेका छन् ।
मन्त्री श्रेष्ठले अस्पतालबाट उपलव्ध हुने सम्पूर्ण सेवाको शुल्कलाई कसरी कम र व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका चिकित्सक,स्वास्थ्यकर्मी र सेवाग्राहीसंग छलफल समेत गरेका थिए । डायलसिस सेवालाई थप विस्तार गरी २४ सै घण्टा संचालन गराउने व्यवस्था गर्न, अस्पताललाई मृगौला डाईलाईसिस ट्रेनिङ सेन्टर बनाउने आगामी दिनमा बजेट व्यवस्था गर्ने सुझाव समेत उनले दिएका थिए ।