हेटौँडाका घाईते बिडारीको उपचारका क्रममा मृत्यू
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहनगरपालिका वडा नम्बर–१० बसपार्कमा टिप्परको ठक्करबाट घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । हेटौडा –११ थानाभर्याङ बस्ने ५५ वर्षिय भिम बहादुर बिडारीको उपचारका क्रममा मृत्यु भएको हो ।
पुर्व पश्चिम सडक खण्डमा कर्रातर्फबाट बसपार्कतर्फ आउँदै गरेको बा प्र ०३–००५ प ३५११ नम्बरको को स्कुटरलाई बसपार्कबाट कर्रातर्फ जाँदै गरेको प्र २–०३–००१ ख ६८५४ नंबरको टिफरले ठक्कर दिँदा स्कुटर चालक बिडारी घाईते भएका थिए ।
टिफरको ठक्करबाट घाइते भएका बिडारीको हेटौंडाको चुरेहिल अस्पतालहुँदै भरतपुर अस्पतालमा उपचारका क्रममा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले शनिबार नै नियन्त्रणमा लिएको छ।











































