पदमपोखरीमा साबुन, हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न

लोकखबर
२०८१ बैशाख १२, बुधबार ११:५३

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा साबुन, हार्पिक र फिनेल बनाउने तालिम सम्पन्न भएको छ ।

तालिमको हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले समापन गरेकी थिईन् । बैशाख ९ गतेदेखि ११ गतेसम्म संचालित ३ दिने तालिममा ३५ जना महिलाहरुले सहभागिता जनाएका थिए ।

वडा स्तरीय महिला जागरण समूहको आयोजनामा भएको तालिमलाई वडा नम्बर १३ को कार्यालय पदमपोखरीले प्रायोजना गरेको हो । तालिमलाई हेटौँडा उपमहानगरपालिकाले सहयोग गरेको थियो ।

तालिममा सहभागी महिलाहरुले बनाएका साबुन, हार्पिक र फिनेलको पनि समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो । समापन कार्यक्रममा नगरप्रमुख सहित वडा नम्बर ११ का वडाअध्यक्ष पेम्बा लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको