शिवम सिमेन्टबाट स्थानीयले भोगेको समस्या सुल्झाउन समिति गठन
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित शिवम सिमेन्टको कारण स्थानीयले भोग्नुपरेको विभिन्न समस्या समाधानका लागि समिति गठन भएको छ ।
हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बिहीबार बसेको बैठकले वडा नम्बर १६ का वडाअध्यक्ष रामकृष्ण कोईराला संयोजक तथा वडा नम्बकर १७ का वडाअध्यक्ष उद्धव सत्याल सह–संयोजक रहने गरी १८ सदस्यीय समिति गठन गरेको हो ।
शिवम सिमेन्ट उद्योगमा कोईलाको सट्टा प्लाष्टिक र फोहोर जलाएर सिमेन्टको उत्पादन गरेको खुलासा भएपछि अहिले त्यसको चौतर्फि बिरोध भईरहेको छ । शिवमको कार्यले वातावरण प्रदुषण भएर स्थानीयको स्वास्थ्यमा गम्भिर खतरा आईपरेको बताइएको छ ।