मनहरीको भिमानमा पिउने पानीको अभाव, वडाबाट पानी वितरण

चन्द्र घलान
१४ बैशाख २०८१, शुक्रबार १५:०४

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ भिमान र त्यस आसपासका क्षेत्रमा पिउने पानीको अभाव भएको छ । लामो समयसम्म खडेरी परेकोले वडाको भिमान, ट्याङ्की दमार लगायतका क्षेत्रमा पिउने पानीको अभाव भएको हो ।

खडेरीका कारण अहिले त्यस क्षेत्रका पानीका मुहानहरु सुकेका छन् । जसका कारण स्थानीयहरुले पिउने पानी समेत पाउन मुस्किल भइरहेको छ । स्थानीय चन्द्र स्याङ्तान माधवका अनुसार एक हप्ताअघिदेखि पिउने पानीको अभाव भएपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई पिउने पानी वितरण गरिएको छ ।

स्याङ्तानका अनुसार वडा नम्बर २ को समन्वयमा हरेक दिन पिउने पानी वितरण भईरहेको छ । पानी परेर अवस्था सामान्य नभएसम्म हरेक दिन पिउने पानी वितरण गर्ने योजना रहेको उनले बताए ।

३ हजार १ सय ५८ जना भन्दा बढी जनसंख्या बसोबास गर्ने मनहरीको वडा नम्बर २ मा ५ सय ९१ भन्दा बढी घरधुरीहरु रहेका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*