हेटौँडामा एकिकृत समाजवादी युवा संघको मोटरसाईकल र्याली
मकवानपुर । नेकपा (एकिकृत समाजवादी) पाटीको नवौं जिल्ला अधिवेशनको पुर्व सन्ध्यामा युवा संघ नेपाल मकवानपुरले हेटौंडामा मोटरसाइकल र्याली गरेको छ ।
युवा संघका नारायण ढकालको संयोजकत्वमा भएको र्यालीले शितलमहल चोक पार्टी कार्यालयमा भेला भएर नगर परिक्रमा गरी सिमाचोकमा कोण सभामा परिणत भएको थियो । युवासंघ जिल्ला अध्यक्ष किरणमान बलको सभाध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालले हेटौंडा समाजवादीमय भएको दाबी गरे ।
उनले नेकपा एकिकृत समाजवादी पार्टी भन्दा अरु विकल्प नरहेको बताए । र्यालीमा ३५० वटा मोटर साइकल चालकको सहभागिता रहेको संघका जिल्ला उपाध्यक्ष सफल अधिकारीले जानकारी दिए । कार्यक्रममा युवा नेता रामेश राई लगायत पार्टीका प्रदेश तथा जिल्ला ,नगर र वडा नेता तथा युवाहरुको सहभागीता रहेको थियोे । १५ र १६ गते अधिवेशन हुने र अधिवेशनको समुद्घाटन पुर्व प्रधानमन्त्री तथा पार्टी का केन्द्रिय अध्यक्ष माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।