औषधी व्यवसायीलाई अगाडि बढाउन स्वास्थ्य मन्त्रालय तयार रहेको मन्त्रीको दाबी

लोकखबर
२०८१ बैशाख १६, आईतवार ०५:३७

मकवानपुर । बागमती प्रदेश स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले औषधी व्यवसायलाई अगाडि बढाउन मन्त्रालय सधैं तत्पर रहेको बताएका छन् । शुक्रबार हेटौंडामा भएको नेपाल औँषधि व्यवसायी संघको तेश्रो वार्षिक साधरणसभा तथा दोश्रो प्रदेश अधिवेशन कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो दाबी गरेका हुन् ।

सर्वसुलभ औँषधीको उपलब्धतालाई मध्य नजर गर्दै यसलाई थप व्यवस्थित ढंगबाट अगाडी बढाएर आर्थिक अनुशासनको पक्षबाट व्यवसायिक क्रियाकलाप अगाडी बढाउन जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । बागमती प्रदेशमा कुल औषधी व्यवसायीको उत्पादन गर्ने देखि आयात र निर्यात गर्नेहरुलाई एक बनाउन सुझाव दिए ।

साथै राष्ट्रिय पुंजी निर्माणको क्रममा महत्त्वपूर्ण पक्ष निजि क्षेत्र र सरकारी पक्षले स्वास्थ्य क्षेत्रमा काम गरिरहेको र यसले रोजगारी श्रृजना गर्नुका साथै राष्ट्रलाई आर्थिक रुपमा सवल बनाउन कर तिरेर राष्ट्रलाई सक्षम बनाउन औषधी व्यवसायीको महत्वपूर्ण भुमिका रहेको भन्दै मन्त्री श्रेष्ठले खुशी व्यक्त गरे ।

औषधी व्यवसायीहरु सरकारी पक्षको कार्य भित्र पर्ने भएकाले नियमनका साथै अनुगमनमा निरन्तर वित्तिय संस्थाहरुलाई व्यवस्थापन गर्न सके औषधी व्यवसायीहरु आतिनु नपर्ने मन्त्री श्रेष्ठको सुझाव थियो । बागमती प्रदेशले औषधी व्यवसायीसंग मिलेर फार्मेसीसंगको दुरीलाई कायम गर्न जरुरी रहेको व्यवसायीलाई मन्त्री श्रेष्ठले सुझाव थियो । सर्वसुलभ,गुणस्तरीय र मितव्ययीतानै संस्थाको मुल उदेश्य भएको बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको