मकवानपुरगढीमा राष्ट्रिय युवा संघ नेपालको प्रशिक्षण
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँपालिका कमिटीको आयोजनामा शनिबार प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा युवा संघ लेखा आयोग प्रमुख चौलागाईंले जनताको बहुदलीय जनवाद (जबज) र समाजवादको विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पार्टीको अभियान मिशन ८४ र समसामयीक राजनीतिक परिवेसको विषयमा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मदन दाहाल, नेकपा एमाले जिल्ला सदस्य एवं जनसंगठन समन्वय संयन्त्र उप प्रमुख आरती पाठकले जनवर्गीय जनसंगठन र पार्टी बीचको अन्तरसम्बन्धको विषयमा सहभागीलाई प्रशिक्षण दिएका थिए ।
यस्तै युवा संघ जिल्ला संयोजक राजेश नगरकोटीले राष्ट्रीय युवा संघ नेपालको इतिहास र कार्यदिशाको विषयमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा युवा संघ मकवानपुरगढीका अध्यक्ष बिष्णु प्रसाद सिलवालको अध्यक्षता रहेको थियो । कार्यक्रममा युवा संघका लेखा आयोग प्रमुख सन्तोष चौलागाइको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा एमाले मकवानपुरगढीका सचिव नानीराम तिमल्सिना, नेपाल राष्ट्रिय उधोग व्यवसाय महासंघ सदस्य कृष्ण ढुंगाना लगाएतको उपस्थिति रहेको थियो ।