कान्ति राजमार्ग जेठ १५ गतेसम्म आंशिक रुपमा बन्द रहने

लोकखबर
२०८१ बैशाख १६, आईतवार ०६:१४

मकवानपुर । कान्ति राजमार्ग आउँदो जेठ १५ गतेसम्म आंशिक रुपमा बन्द रहने भएको छ । बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म र साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्ममात्रै सडक खुला रहने बताइएको छ । बाँकी समयमा निर्माण कार्यका लागि सडक बन्द रहनेछ ।

राजमार्ग तथा सडक यातायात संचालन सम्बन्धी सहजीकरण गर्न ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो । निर्णय भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले समेत यसबारे सुचित गरेको छ ।

कान्ति राजमार्गको बगुवादेखि तिनपातेसम्मको सडक खण्डमा विभिन्न चेनेज निर्माण तथा रक कटिङ गर्नुपर्ने भएकोले सवारी रोक्ने निर्णय भएको हो । बैठकले कान्ति राजमार्ग भएर आवतजावत गर्ने ६ चक्के वा शोभन्दा बढीका मालवाहक सवारी साधनहरुलाई निर्माण अवधिभरि नै पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

निर्माणका समयमा पनि ललितपुर क्षेत्रका एम्बुलेन्स तथा अत्यावश्यक सेवाका यातायातलाई भने संचालन गर्न दिईको जनाइएको छ । हेर्नुहोस् सूचना–

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको