नेकपा (एकिकृत समाजवादी) मकवानपुरमा पूनः विष्णु दाहालको नेतृत्व
मकवानपुर । नेकपा (एकिकृत समाजवादी) मकवानपुरको नवौँ जिल्ला अधिवेशनले ५८ सदस्यीय जिल्ला कमिटि निर्विरोध चयन गरेको छ ।
अधिवेशनले पूनः विष्ण दाहाल अध्यक्ष रहने गरी जिल्ला कमिटि चयन गरेको हो । कमिटिको उपाध्यक्षमा कल्पना विक, सचिवमा ध्रुव भुजेल तथा उपसचिवमा टंक मुक्तान, कबिन पन्त र बेगम बराललाई चयन गरेको छ ।

नेकपा एकिकृत समाजवादीको शनिबार भएको जिल्ला अधिवेशनलाई पूर्व प्रधानमन्त्री एवम् पार्टीका अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेका थिए ।













































