नेपाल पत्रकार महासंघ मकवानपुरद्वारा २ पत्रकारलाई सम्मान र पुरस्कार
मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाका २ पत्रकारलाई सम्मान र पुरस्कृत गरेको छ । जिल्ला शाखाको १८ औँ साधारणसभा तथा १२ औँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा महासंघले उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
महासंघले न्हुछेमान स्मृति कृयाशिल पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकमा कार्यरत संचारकर्मी सरिता दाहाललाई सम्मान गरेको थियो । त्यस्तै पार्वतीमान–बोमबहादुर राउत स्मृति अग्रज पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार एवम् पूर्व अध्यक्ष नवराज शर्मा तिमल्सिनालाई सम्मान गरिएको छ । उनीहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव श्रृजना अर्याल, महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा, समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाईँ लगायत पत्रकार महासंघका पूर्व अध्यक्षहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुकोको आतिथ्यता रहेको थियो ।
अधिवेशनको बन्द सत्र अहिले पनि जारी छ । बन्द सत्रमा शाखाकी सचिव शुभलक्ष्मी विश्वकर्माको प्रतिवेदन र कोषाध्यक्ष केशव समर्पणको आर्थिक प्रतिवेदनमाथि छलफल भईरहेको छ ।












































