हेटौँडा–१२ को भाईरल पुलबाट १ जना पक्राउ

लोकखबर
२०८१ बैशाख १९, बुधबार २१:५३

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ आलदमारस्थित राप्ती पुल (भाईरल पुल) बाट अमेरिकन डलर देखाई नेपाली रुपैयाँ ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ३ बस्ने ३५ वर्षीय डिलबहादुर भण्डारीलाई बैशाख १६ गते बिहान अन्दाजी ८ बजेको समयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका भण्डारीले रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नम्बर २ घर भई हाल चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० नारायणगढ बस्ने ३८ वर्षीय खेमराज पौडेललाई आफुसित ४१ हजार ५० अमेरिकन डलर भएको र नेपाली रुपैयाँ साट्नुपर्यो भन्ने विश्वास दिलाई उक्त पुलमा भेट्न बोलाएको प्रहरीको आरोप छ ।

प्रहरीका अनुसार त्यसबारेमा सुचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले भण्डारीलाई खानतलासी गर्दा उनको साथबाट अमेरिकन डलर ५० को ९ थान, नेपाली रुपैयाँ २० को ५८० थान, मोबाईल ४ थान, बागमती प्रदेश ०२–०४९ प ३१२५ नम्बरको मोटरसाईकल समेत फेला पारेको बताएको छ ।

उनलाई ती सामग्रीहरुसहित नियन्त्रणमा लिएर ठगी उद्योग कसुर मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको