मकवानपुरगढीको पौवाडाँडामा बाँसको सामग्री बनाउने एड्भान्स तालिम हुँदै

लोकखबर
२१ बैशाख २०८१, शुक्रबार १५:५७

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ पौवाडाँडामा बाँसको हस्तकला सामाग्री बनाउने एडभान्स सीप विकास तालिम संचालन भैरहेको छ ।

तालिममा बाँसको फेन्सी सामाग्रीहरु फोटो फ्रेम, कलम दानी, फुलदानी, ट्रे, फाइल बक्स, टि–म्याट, चुरा स्ट्याण्ड, भित्ते घडी लगायतका सामाग्रीहरु बनाउन सिकाईने मकवानपुरगढी गाउँपालिकाका कृषि विकास प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।

गाउँपालिकामा गत आर्थिक वर्षमा बाँसको हस्तकला सामाग्री बनाउने आधारभुत तालिम संचालन गरिएको थियो । तालिम पश्चात माग भए बमोजिम बाँसको डस्टविन, तरकारी राख्ने क्रेट, टि–टेबल, जुत्ता चप्पल राख्ने र्याक लगायतका सामाग्रीहरु बनाई बिक्री समेत भइरहेको चौधरीले बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*