कर्मचारी युनियनद्वारा हेटौँडामा खाद्यान्न सहयोग

लोकखबर
२०८१ बैशाख २२, शनिबार २०:३३

मकवानपुर । नेपाल विधुत प्राधिकरण कर्मचारी युनियनको ३४औं स्थापना दिवसको अवसरमा हेटौंडा(११ मा रहेको मामाघर नेपालमा खाद्यान्न तथा फलफूल वितरण गरिएको छ । कर्मचारी युनियन बागमती प्रदेश अन्तर्गतका मकवानपुर चितवनले स्थापना दिवसको अवसरमा मामाघरलाई खाद्यान्न र फलफूल सहयोग गरेको हो ।

कार्यक्रममा कर्मचारी युनियन बागमती प्रदेशका अध्यक्ष अभिषेक चौहानको अध्यक्षता रहेको थियो भने बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, कर्मचारी युनियनका केन्द्रिय उपमहासचिव हरिप्रसाद पौडेल, शालिकराम पुडासैनी, उर्मिला श्रेष्ठ, नेपाल विधुत प्राधिकरण केन्द्रिय वर्कसपका प्रमुख रबिन्द्र घिमिरे, कर्मचारी युनियनका केन्द्रीय सदस्य हरी खड्का लगाएत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको