युवा संघ भीमफेदीको पहिलो बैठक सम्पन्न

लोकखबर
२०८१ बैशाख २२, शनिबार २०:४०

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल भीमफेदी गाऊँपालिका कमिटीको प्रथम बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा संघ भिमफ़ेदीका अध्यक्ष बादल सिलवालको अध्यक्षता र संघका केन्द्रिय सदस्य प्रकाश लामाको प्रमुख आतिथ्यता तथा संघ मकवानपुरका संयोजक राजेश नगरकोटीको विशिष्ट आतिथ्यता रहेको थियो ।

बैठकले ४ वटा विभाग गठन गरी बिभागीय जिम्मेवारी समेत तोकेको छ । बैठकले बादल सिलवाललाई आर्थिक विभाग, प्रचारप्रसार बिभाग प्रमुखमा सन्तोष घागा मगर, खेलकूद विभाग प्रमुखमा रामहरी ठकुरी र संगठन बिभाग प्रमुखमा सुदिप चिमरियालाई जिम्मेवारी दिएको हो ।यस्तै बैठकले कमिटीलाई चुस्त र चलायमान बनाउन १५ सदस्यीय सचिवालय गठन गरेको छ ।

यसैगरी भीमफेदीको ९ वटै वडाहरुमा आगामी जेठ मसान्तभित्र कमिटीहरू गठन गर्ने, स्थापना दिवसको अवसरमा रक्तदान तथा अन्य सामाजिक काम गर्ने र आगामी जेठ २६ गते प्रशिक्षण कार्यक्रम गर्ने बैठकले निर्णय गरेको संगठन विभाग प्रमुख सुदिप चिमोरियाले बताए । बैठकमा नेकपा एमाले भिमफेदी गाउपालिका अध्यक्ष सानु थापा, युवा संघ जिल्ला कमिटी सदस्य अनिल अधिकारी लगाएतको उपस्थिति थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको