राक्सिराङका दुई महिला बिरगंजबाट पक्राउ
मकवानपुर । पर्साको बिरगंज महानगरपालिका वडा नम्बर २१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजासहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङबो रहेका छन् । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले नारायणगढ चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट करिब १० किलो गाँजा फेला परेको प्रहरीले दाबी गरेको छ । सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।











































