हेटौँडामा २५ जना प्रहरीलाई ड्राईभिङ तालिम प्रदान
मकवानपुर । मकवानपुरको हेटौँडामा अवस्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा प्रहरीका लागि संचालित ड्राईभिङ तालिमको आज समापन भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाण्डौको वार्षिक तालिम क्यालेण्डर अनुसार बैशाख २ गतेदेखि संचालन भएको १६ दिने आवासीय सवारी चालक (हलुका–हेभी) तालिम चौंथो समुहको आईतबार समापन गरिएको हो ।
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीको प्रमुख आतिथ्यतामा अन्तरक्रियासहित तालिम समापन भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
तालिममा बागमति प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी सहायक हवल्दार ६ जना र प्रहरी जवान १९ जना गरी जम्मा २५ जना पुरुष प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।











































