मनहरीबाट ३ जना पक्राउ
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ७ माईङ्गा खोलाबाट अवैध लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कैलाश गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय राजेन्द्र घिसिङ, सोही गाउँपालिकाको वडा नम्बर ४ बस्ने २७ वर्षीय विवेक प्रजा र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ बस्ने २२ वर्षीय उत्तम पाख्रिन रहेका छन् ।
उनीहरुलाई प्रहरीले ३६ किलो अवैध लागुऔँषध गाँजा सहित सोमबार दिउँसो पक्राउ गरेको हो । उनीहरुलाई माईङ्गा खोला अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुन्जमा सुरक्षार्थ खटिएको नेपाली सेनाको गस्ती टोलीले पउनीहरूलाई उक्त गाँजासहित नियन्त्रणमा लिएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।











































