वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

लोकखबर
२५ बैशाख २०८१, मंगलवार २०:३४

मकवानपुर । अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी प्रालिले ७–७ दिन वेबसाइट र मोबाइल एप डेभलपमेन्ट तालिम दिने भएको हो । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यबसायलाइ अनलाइनमा लैजान वेबसाइट र मोबाइल एप निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला यस्तो तालिम ल्याइएको ‘ईकमर्श साथीका प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले बताए ।

सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् । सोही कुरालाई ध्यानमा राख्दै निःशुल्क वेबसाइट डिजाइन तालिम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । आधारभूत वेबसाइट डिजाइन तालिम आगामी २७ बैशाखदेखि सुरु हुने कुमालले जानकारी दिए । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्ने उनले बताए ।

वेबसाइट डेभलपमेन्ट आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल–टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्टको काम सिकाइने कम्पनीले जनाएको छ । मोबाइल एप डेभलबपमेन्ट तर्फ Basic Dart र Flutter बारे सिकिने र केही प्रोजेक्टहरु कक्षामा रियल–टाइम बनाउन सिकाइने कुमाले बताए।

अहिलेको समयमा नयाँ व्यवसाय, सञ्चार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट र एप पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइट एपको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइट र एपबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको बताए ।

जुमबाट हुने तालिममा १ सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । वेबसाइट डेभलपमेन्ट तालिम हरेक दिन बेलुकी ७ बजेदेखि ८ बजेसम्म चल्नेछ र मोबाइल एप डेभलपमेन्ट तालिम हरेक दिन बेलुकी ८ः४५ बजेदेखि १०ः०० बजेसम्म चल्नेछ । तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइएको छ । फर्म भर्नका लागी यहाँ क्लिक गर्नुहोस।
वेबसाइट डेभलबमेन्ट आधारभूत तालिम
Link: https://forms.gle/ErSwJ2QoWzq3dYWB6

मोबाइल एप्प डेभलबमेन्ट आधारभूत तालिम
Link: https://forms.gle/Lrbp4sPnNVMuizDG7

YouTube: https://www.youtube.com/@DigitalBijay

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*