हेटौँडा उपमहानगरपालिकामा थप कक्षामा स्थानीय पाठ्यक्रम निर्माणको तयारी
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाकाले नगरका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम थप गर्ने उदेश्यसहित पाठ्यक्रम निर्माणको तयारी थालेको छ । नगरका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलई स्थानिय विषयमा जानकारी दिने उद्देश्यसहित नगरपालिकाले यस्तो प्रयास गरेको हो ।
वि.सं. २०७९ सालबाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउँदै आएको स्थानिय पाठ्यक्रमलाई ४ देखि ८ कक्षा सम्म सञ्चालनको तयारी गरिएको नगरले जनाएको छ । चालु शैक्षिक सत्रबाट लागु हुने गरी निर्माण गर्न लागिएको ४ देखि ८ सम्मको स्थानिय पाठ्यक्रमका लागि सुझाव संकलन गरिएको छ । मंगलबार हेटौंडा उपमहानगरपालिमा शिक्षा समितिका सरोकारवाला, पाठ्यक्रम निर्माणमा संलग्न सहित भएको छलफलले पाठ्यक्रमलाई सरल र सहज बनाउने तर्फ ध्यान दिन सुझाव दिएका थिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, उपमहानगर सामाजिक विकास समितिका संयोजक रामकृष्ण कोइराला, हेटौंडा उपमहानगरपालिकाका विज्ञ सल्लाहकार डा. कृष्ण धिताल, शिक्षा विकास महाशाखा, प्याव्सन मकवानपुरका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।











































