किसानलाई गोठालो भत्ता दिँदै गाउँपालिका, तर सबैलाई नपाईने

मकवानपुर । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने तयारी गरेको छ । चालु आर्थिक वर्षको स्वीकृत बजेटअनुसार ‘कृषकसँग उपाध्यक्ष कार्यक्रम’बाट पशुपालक किसानलाई गोठालो भत्ताको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ ।
पशुपालन बढाउन गाउँपालिकाले किसानलाई गोठालो भत्ताको व्यवस्था गरेको हो । पशुपालक किसानलाई मासिक रु १ हजार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गोठालो भत्ता कार्यविधिअनुसार ४ वटा भैंसी, ३० वटा बाख्रा र ४० वटाभन्दा बढी भेडा व्यावसायिक रूपमा पाल्ने किसानलाई भत्ता दिइनेछ । त्यसैले सामान्य किसानले भने भत्ता पाउने छैनन् ।