थाहा र इन्द्रसरोवरमा कृषि सम्बन्धी अवधारणा प्रस्तुत

लोकखबर
२०८१ बैशाख २६, बुधबार १६:०२

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा मकवानपुर उद्योग वाणिज्य संघले कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरेको छ । मकवानपुर उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष तथा कृषि प्रवद्र्धन समितिका संयोजक निलम पाण्डेको नेतृत्वमा कार्यसमिति सदस्य तेजराज अधिकारी, समितिका सदस्यहरु हरिसरण अधिकारी, ठूलीमाया मुक्तान र संघका कार्यकारी सचिव पवन कार्की गरी ५ सदस्यीय टोली मंगलबार थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका पुगेका थिए ।

थाहा नगरपालिका कार्यालयमा नगर प्रमुख विष्णुबहादुर विष्ट समक्ष संघको कृषि सम्बन्धी अवधारणा प्रस्तुत गरिएको हो । कार्यक्रममा थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, वरिष्ठ उपाध्यक्ष शम्भुसिंह कार्र्की, कार्यसमिति सदस्य राजन प्रसाद ढकाललगायतको उपस्थिति रहेको थियो । थाहा नगरपालिकाका नगर प्रमुख विष्णुबहादुर विष्टले थाहाको कृषि उत्पादन हेटौंडा, काठमाडौं, देशका विभिन्न सहरहरु र भारतसम्म पुग्ने गरेको बताए । उनले मकवानपुर उद्योग वाणिज्य संघले सुझाव गरेको बुँदाहरु महत्वपूर्ण रहेपनि केही कार्यान्वयन भइसकेका र केही थाहानगरको फरक परिप्रेक्षमा मेल नखाने भनाइ राखेका थिए ।

थाहा नगरमा अगुवा कृषक समूह गठन गरी उनीहरुबाट व्यवहारिक तथा नीतिगत सुझावहरु लिने गरेको, सात करोड जति बजेट बिनियोजन गरी कृषिमा काम गरिरहेको, हाते ट्याक्टर वितरण गरिएको, तोकिएका कृषि सामग्रीहरु किसान आफैले खरीद गरी पेश गरेको बिलको आधारमा पचास प्रतिशत अनुदान दिने गरेको, फर्म दर्ता गरेका कृषि उद्यमीहरुलाई अनुदान दिइरहेको, गाईपालनको लागि किसानलाई एउटा गाईको रु. ५० हजारको दरले अनुदान दिइरहेको, दुध बिक्रीको लागि पालिकाबाट ढुवानीको व्यवस्था गरिएको, चिस्यान केन्द्र रहेको, कोल्डस्टोर निर्माणाधिन रहेको, चिराइतो, धसिङ्गरे, पाखनवेद जस्ता जडिबुटीहरु रहेको, रुपचन्द्र विष्टको पहलमा वि.सं. २०३१–३२ तिरबाट तरकारीमा कर संकलन गर्न थालिएको, पछि सरोकार समिति हु“दै हाल पालिकाले कर उठाइरहेको, व्यापारीहरु किसानको बारीमै गई तरकारी उठाउने भएकाले तरकारी संकलन केन्द्रको आवश्यक्ता नरहेको, बाँझो छाडिएको जमिन नरहेको, सिजनल बालीहरु सबैको हुने भएकाले हाटबजारको प्रभावकारिता नरहने, चिसो बढी हुने कारण व्यवसायिक पशुपालन कठिन रहेको, बढी चिसोको कारण पौष, माघ र फागुनमा कृषि उत्पादन कम हुने गरेको, बीमा प्रक्रिया झन्झटिलो रहेको, किसानले आफ्ना उत्पादन फाल्नुपर्नेसम्मको अवस्था आउने गरेको जस्ता भनाइ उनले राखेका थिए । मकवानपुर उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तेजराज अधिकारीले गह्रा सुधार, कृषक आत्मसम्मान र पढ्दै कमाउ“दै जस्ता अवधारणामा पालिकाले काम गर्नसक्ने बताएका थिए ।

थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, मउवासंघका कृषि प्रवद्र्धन समिति सदस्य हरिसरण अधिकारीलगायतले आफ्ना भनाइ राख्नुभएको थियो ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकामा पालिका उपाध्यक्ष उमा कुमारी लामा समक्ष कृषि अवधारणा प्रस्तुत गरिएको थियो । उहा“ले इन्द्रसरोवरमा मुख्यतया बन्दा, काउली, मुला, धनिया, अकबरे र बुलेट खुर्शानी उत्पादन हुनेगरेको, फलफूलतर्फ सुन्तला, मौसम, कागती, नासपाती हुने गरेको, सबै पा“चवटा वडामा कृषि र पशु प्राविधिक खटाइएको, पशु बीमा गरिएको, रासायनिक मल ढुवानीमा अनुदान दिइरहेको, २ र ४ नं. वडामा सित भण्डार निर्माण गरिएको बताएकी थिईन् ।

पालिकाका सूचना अधिकारी दीपक चापागाईले कतिपय समयमा किसानले पाउने मूल्य र बजारमा बिक्री भइरहेको मूल्यमा ठूलो अन्तर हुनेगरेको, किसानले उत्पादनको मूल्य नपाएर खेतबारीमै नोक्सान भएर जाने गरेको, कृषिमा साठीलाख पचासहजार बजेट विनियोजन गरिएको, किसानको कृषि र पशुपालन क्षेत्रको व्याजको सत्तरी प्रतिशत पालिकाले व्यहोरेको बताएका थिए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको