मकवानपुरमा माछा बोकेको गाडी खोल्चामा खस्दा ३ जना घाईते

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२ सुकौरामा सवारी दुर्घटना हुँदा ३ जना घार्इते भएका छन् ।
भीमफेदी–कुलेखानी काठमाण्डौ सडक खण्डमा बाराबाट काठमाण्डौतर्फ जाँदै गरेको मधेश प्रदेश ०४–००१ च ०१४० नंबरको माछा लोड गरिएको योद्धा गाडी आफै अनियन्त्रित भई सडकबाट ४० मिटर तल खस्दा ३ जना घाइते भएका हुन् ।
गाडी खोल्सामा खसेर दुर्घटना हुँदा सवारी चालक पर्साको बिरगंज महानगरपालिका वडा नम्बर–१९ विभाद बस्ने २२ वर्षीय धनेश राम, सहचालक
बारा कलैया नगरपालिका–१६ मझैलिया सोरा बस्ने २७ वर्षका छोटेलाल मोहरा र ४५ वर्षका तपसी मोहरा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सबै घाईतेहरुलाई उपचारको लागि ट्रमा सेण्टर काठमाण्डौ पठाईएको र सवारी घटनास्थलमा रहेको प्रहरीले जनाएको छ ।