हेटौँडा २ र १९ मा वार्षिक योजनाका लागि सुझाव संकलन

लोकखबर
२७ बैशाख २०८१, बिहीबार १९:५१

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१–०८२ को वार्षिक योजना निर्माणका लागि वडा नम्बर २ र १९ नम्बर वडाबाट सुझाव संकलन गरिएको छ । हेटौँडा २ र १९ मा सरोकारवालाहरुसँग छलफल तथा सुझाव संकलन गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको हो ।

सरोकारवालाहरुबाट नगर विकासका धारणा सुन्नका लागि नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाको टोली वडा नम्बर २ र १९ मा पुगेको थियो । कार्यक्रममा सरोकारवालासँगै वडा नम्बर २ र १९ का वडाअध्यक्षहरु तथा नगरप्रमुख लामा, उपप्रमुख बानियाँ र अन्य उपस्थितहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा प्रतिनिधीहरुको धारणा सुनेसँगै नगरप्रमुख लामाले सरोकारवालाहरुको सुझाव अनुसार बजेट निर्माण गर्ने बताएकी थिईन् । वार्षिक योजना निर्माणका लागि हेटौँडा उपमहानगरपालिकाले उपमहानगरभित्रका १९ वटै वडाबाट नगरवासीको धारणा संकलन गरिरहेको छ । नगरवासीको धारणा संकलन गर्ने कार्यक्रम यसअघि नै वडा नम्बर १,३,४,५,६,७,८ र १० मा सम्पन्न भइसकेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*