हेटौँडामा परम्परागत पेशा गर्नेलाई सहयोग सामग्री वितरण

लोकखबर
२८ बैशाख २०८१, शुक्रबार ०७:२५

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रहरुमा परम्परागत पेशा गरिरहेकाहरुलाई सहयोग सामग्री वितरण गरिएको छ ।

दलितवर्ग उत्थान नगर समन्वय समितिले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा ती सामग्रीहरु वितरण गरेको हो ।

उपमहानगर क्षेत्रमा रहेर विभिन्न परम्परागत पेशामा रहेकालाई आधुनिकीकरण तथा आय आर्जनका लागि सामग्री वितरण गरिएको हेटौँडा उपमहानगरपालिकाले जनाएको छ । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले सहयोग वितरण गरेकी थिईन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*