सामुदायिक विद्यालयको गुणस्तर सुधार, पहिलो प्राधमिकता : वडा अध्यक्ष सिग्देल

लोकखबर
२०८१ बैशाख २९, शनिबार १०:५३

मकवानपुर । सामुदायिक विद्यालयको गुणस्तर सुधार पहिलो प्राथमिकता रहेको हेटौँडा ४ नम्बर वडाको अध्यक्ष नविन सिग्देलले बताएका छन् । भुटनदेवी माविद्वारा आन्तरिक श्रोतबाट नव नियुक्त ९ जना शिक्षकलाई स्वागत र विद्यालयमा छोराछोरी अध्ययन गराउने शिक्षकलाई सम्मान गर्दै अध्यक्ष सिग्देलले हाम्रो पहिलो अभियान भनेको शैक्षिक अभियान भएको बताए । उनले जबसम्म आफूले पढाउने विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी अध्ययन गर्दैनन् तबसम्म सामुदायिक विद्यालयप्रति जनविश्वास नहुने बताए ।

शिक्षाको गुणस्तर सुधार्न शिक्षकको भूमिका सबैभन्दा महत्वपूर्ण हुने बताउँदै भुटनदेवी माविको व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका सिग्देलले अन्यको भूमिका सहायक भएको दाबी गरे । गुणस्तर सुधारमा विभिन्न क्रियाकलाप सञ्चालन गर्दै आएको ४ नम्बर वडाका विद्यालयमा शिक्षकले आफ्ना छोराछोरी भर्ना गर्ने क्रम बढेको छ, यसअघि श्रमिक माविले पनि छोराछोरी आफ्नो विद्यालयमा भर्ना गर्ने शिक्षकलाई सम्मान गरेको थियो ।

विद्यालयका प्रधानाध्यापक माधव दाहालको अध्यक्षतामा भएको स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रअ दाहालले सार्वजनिक विज्ञापन गरेर प्रतिस्पर्धाद्वारा उत्कृष्ट भएकालाई नयाँ शिक्षक नियुक्त गरिएको बताउँदै कर्तव्यनिष्ट भएर कार्य गर्नुपर्ने बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू राजेन्द्रकुमार बस्ताकोटी, कृष्णप्रसाद कंडेल, सहप्रअहरू वेदराज कोईराला, भरत पोख्रेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमीरेलगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको