मकवानपुरगढीको पौवाडाँडामा बाँसको सामग्री बनाउने एड्भान्स तालिम सकियो

लोकखबर
१ जेष्ठ २०८१, मंगलवार १३:५१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ पौवाडाँडामा बाँसको हस्तकला सामाग्री बनाउने एडभान्स सीप विकास तालिम समापन भएको छ । मकवानपुरगढी गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तगरगत बाँसको हस्तकला बनाउने एडभान्स १६ दिने सीप विकास तालिम सम्पन्न भएको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिनले जानकारी दिए ।

तालिम बैशाख १५ गते देखि संचालन भएको थियो । तालिममा १७ जनाको सहभागीता रहेको थियो । जसमध्ये १२ जना महिला र ५ जना पुरुष रहेको मकवानपुरगढी गाउँपालिकाका कृषि विकास प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । तालिममा सहभागीहरुले बाँसका फैन्सी सामाग्रीहरु फोटो फ्रेम, कलम दानी, फुलदानी, भित्ते घडी, फाइल बक्स, टि–म्याट, ट्रे, चुरा स्ट्याण्ड लगायतका सामाग्रीहरु बनाउन सिकेका छन् ।

गत वर्ष बाँसका हस्तकला सामाग्री बनाउने तालिम लिएकालाई र थप नयाँ सहभागीहरुलाई एडभान्स सीप विकास तालिम दिइएको हो । तालिममा सहभागीहरुले सिकेका सीप व्यवहारमा लागु गर्ने र व्यवसायिक उत्पादनमा लाग्ने प्रतिवद्वता जनाएका छन् । हाल उक्त समूहले अर्डर अनुसार बाँसको डस्टविन, टि–टेबल, मुढा, तरकारी राख्ने क्रेट, बूक र्याक लगायतका सामग्रीहरु बनाएर बिक्री गरिरहेका छन् । बजारीकरणका लागि स्थानीय सरकार लगायत सबै सरोकारवाला पक्षहरुलाई सहयोग गरिदिन सहभागीहरुले अनुरोध समेत गरेका छन् ।

मकवानपुरगढी गाँपालिका वडा नम्बर २ का वडाध्यक्ष बखान सिं पाख्रिनको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*