हेटौँडाको बाईपास सडक र कोशेली घरको अनुगमन

लोकखबर
१ जेष्ठ २०८१, मंगलवार १३:५९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० क्षेत्रमा निर्माण भैरहेको कोशेली घर, राप्तिरोडबाट बसपार्क जाने सडक र बाईपास सडकको अनुगमन तथा निरिक्षण गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा र हेटौँडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे तामाङसहितको टोलीले सडक तथा कोशेली घरको अनुगमन गरेका हुन् ।

गएको चैत २९ गते हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले हेटौँडा १० बसपार्क नजिकै माछा बजारको छेउमा कोशेली घरको शिलान्यास गरेका थिए । कोशेली घरमा महिलाहरुले उत्पादन गरेको सामग्री बिक्रि गरिनेछ । बागमती प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोशेली घर निर्माण हुन लागेको हो ।

त्यस्तै हाल हेटौँडाको बुद्धचोक नजिककैबाट बसपार्क जाने सडकमा अहिले स्ल्याब ढलान भईरहेको छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*