मकवानपुरमा एमालेका ७ सय प्रतिनिधी छनौट हुँदै

लोकखबर
७ जेष्ठ २०८१, सोमबार १३:३४

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १२ औं जिल्ला अधिवेशनका लागि आज मकवानपुरका १०२ वटै वडाहरुबाट एमालेका ७ सय प्रतिनिधी छनौट हुँदै छन् । आज बिहानैदेखि प्रत्येक वडामा प्रतिनिधि छनौटको प्रक्रिया सुरु भएको छ । वडा सत्रबाट छनौट भएर आएका प्रतिनिधिहरुले जिल्ला अधिवेशनमा उम्मेदवारी दिएकाहरुलाई निर्वाचित गराउने छन् ।

आज जिल्लाका सबै वडाबाट प्रतिनिधि छनौट गरिने र भोली दलित र प्रेशागत महासंघबाट प्रतिनिधि छनौट गरिने एमाले मकवानपुरका सचिवालय सदस्य मदन कुमार दाहालले बताए ।

प्रतिनिधि छनौटको क्रममा हेटौंडा–१६ हटियाबाट मदन कुमार दहाल, लोकनाथ चौलागाई, वाशुदेव दङ्गाल, राज कुमार वास्तोला, सागरनाथ वास्तोला, गोविन्द दहाल, वसन्त प्रसाद लामिछाने, श्रीकृष्ण कार्कि चयन हुनु भएको छ । यसैगरी महिला तर्फ सावित्री पौडेल, सावित्री वर्तौला धिताल लगायतका चयन भएका छन् ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*