राक्सिराङका ८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्न वितरण

लोकखबर
८ जेष्ठ २०८१, मंगलवार १७:११

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ डामराङका ८० घरधुरी चेपाङ समुदायलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल बौद्ध विहार संस्थाले खाद्यान्न वितरण गरिएको हो ।

संस्थाले फुड एड प्रोजेक्ट वनरेडल कुङ सिन ताईवानका प्रतिनिधि विकास महर्जन र पूर्व सांसद राजाराम स्याङ्तानको प्रमुख आतिथ्यतामा खाद्यान्न वितरण गरिएको हो ।

राक्सिराङबाट प्राप्त जानकारी अनुसार ८० घरधुरी चेपाङ समुदायलाई प्रति घरधुरी २५ केजीका दरले ८० बोरा चामल, २ केजी दाल र २ लिटर तेल प्रदान गरिएको हो ।

कार्यक्रममा गोविन्दराम चेपाङ, समाजसेवी कृष्णलाल तामाङ, जंगमान चेपाङ, पूर्णबहादुर चेपाङ, टोल सुधार समितिका अध्यक्ष अक्कल चेपाङ लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *