सकियो प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न, के निस्कियो निश्कर्ष?

मकवानपुर । नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा मकवानपुरको हेटौंडामा संचालन भएको २ दिने “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम हिजो सकिएको छ । उप–प्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा गृह सचिव एकनारायण अर्यालको अध्यक्षता, विशिष्ट अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, नेपाली सेनाका रथी अशोकराज सिग्देल, बागमती प्रदेशका का.मु.प्रमुख सचिव गोविन्द बहादुर कार्की, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, नेपाली सेनाका उपत्यका पृतनापति उपरथी विष्णु राउत र नेपाली सेनाको मध्य पृतना हेडक्वाटर सुपारेटार हेटौंडा प्रमुख उपरथी प्रदिप जंग केसी.को उपस्थिति रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जी, विपद तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका स्किम श्रेष्ठ, नीति, योजना, अनुगमन तथा मूल्याङकन महाशाखा गृह मन्त्रालयका सह–सचिव थानेश्वर गौतम, सुरक्षा तथा समन्वय महाशाखा र गृह मन्त्रालयका सह–सचिव नारायण प्रसाद भट्टराईले कार्यक्रममा छुट्टा(छुट्टै प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी. शसस्त्र प्रहरी ३ नम्बर बाहिनी भण्डारा चितवनका शसस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडा मगर, बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपाका निमित्त कार्यालय प्रमुख, गण प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।
समापन कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाहरू मध्ये बाँकि ४ वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुले समग्र जिल्लाको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतिकरण राखेका थिए । कार्यक्रमको अन्त्यमा उप–प्रधानमन्त्री एवं गृह मन्त्री रवि लामिछानेबाट “प्रदेश स्तरिय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू एवं अन्य अतिथिले राखेका विषयवस्तु तथा छलफलहरू लाभदायी हुने छ भन्ने विश्वासका साथ समग्र सुरक्षा निकायलाई आवश्यक निर्देशन समेत दिएका थिए ।