मकवानपुरगढीबाट ३ जना कराते खेलाडी भुटानमा भिड्दै
मकवानपुर । मकवानपुरको नेपाल मकवानपुरगढी गोजु रियो कराते दो शाखाबाट ३ जना खेलाडीहरुले भुटानमा हुने एशियन छनौट खेलमा सहभागी हुने भएका छन् ।
छनौट खेलमा मकवानपुरगढी गोजु रियोबाट अनिशा कार्की, अनिता कार्की र शुशिला श्रेष्ठले सहभागिता जनाउन थालेका हुन् । उनीहरुलाई एक कार्यक्रमकाबिच मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनले सफलताको शुभकामना दिएका छन् ।

३ खेलाडीहरुका साथमा प्रशिक्षक सुभाष श्रेष्ठ भुटानमा प्रस्थान गर्दैछन् । उनीहरुलाई मकवानपुरगढी २ शिखर कटेरीमा अवस्थित चण्डिका मावि प्राङ्गणबाट सफलताको शुभकामना सहित बिदाई गरिएको छ ।
कार्यक्रममा ब्ल्याक बेल्ट प्राप्त ११ जना खेलाडीका साथै कान्छा ब्ल्याक बेल्ट होल्डर रिकेश थापा मगरलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो ।











































