हेटौँडा ११ मा १ दिने कानुनी परामर्श सम्पन्न
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ को कार्यालयको आयोजनामा एक दिने कानुनी परामर्शसम्बन्धि अभिमुखीकरण गरिएको छ । वडामा रहेका टोलविकास संस्था,आमा समूहलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरुलाई कानुनबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपालको संविधान, संघीय, प्रदेश र स्थानीय सरकार, सर्वोच्च अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत तथा न्यायिक समिति लगायत सरकारका अधिकारबारे सहभागीलाई जानकारी गराइएको थियो ।
अधिवक्ता सुजन तिमल्सिनाले सहजीकरण गरेको अभिमुखीकरणमा वडा सदस्य गोपिनी सापकोटा, गीता सुनारलगायतको आतिथ्यता थियो । शर्मिला अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता थियो ।











































