म्याजिकले लियो हेटौँडा १२ वनस्पतिका श्यामबहादुरको ज्यान

लोकखबर
२०८१ जेष्ठ १३, आईतवार ०६:४०

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ वनस्पतिका अन्दाजी ५५ वर्षीय श्यामबहादुर विकको म्याजिकले भ्यानले ठक्कर दिँदा मृत्यु भएको छ । हेटौँडा–३ तिनताप्के नजिक म्याजिक ठक्कर दिएपछि उनको ज्यान गएको हो ।

पूर्वपस्चिम राजमार्ग अन्तरगत तिनताप्केमा नेवारपानीबाट लेवटतर्फ जाँदै गरेको ना १ ज ७५६० नम्बरको म्याजिक भ्यानले विकलाई ठक्कर दिएको थियो ।

भ्यानको ठक्करबाट गम्भीर घाइते विकको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्कर दिने म्याजिक र चालकलाई प्रहरी चौकी लेवटले नियन्त्रणमा लिएको छ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *




सर्वाधिक रुचाइएको