हेटौँडा उपमहानगरद्वारा आँखा अस्पताललाई आँखा जाँच उपकरण सहयोग
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले हेटौँडामा अवस्थित हेटौँडा सामुदायिक आँखा अस्पताललाई एक थान आँखा जाँच उपकरण सहयोग गरेको छ ।
अस्पतालका लागि आँखा जााच मेसिन लिएर उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा सहितको टोली आज आँखा अस्पताल पुगेको थियो । नगर प्रमुख लामाले नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठ एवम् अस्पताल प्रमुख डाक्टर सुनिल थकालीलाई आँखा जाँच मेसिन हस्तान्तरण गरेका थिए ।
आँखाको पर्दाको जाँच गर्ने उपकरण (फण्डस क्यामेरा) उपमहानगरले सहयोग गरेको हेटौँडा उपमहानगरपालिका कार्यालयले जनाएको छ ।