पदमपोखरीमा ५ महिला स्वयम सेविकाहरुलाई सम्मान

लोकखबर
१६ जेष्ठ २०८१, बुधबार १६:४५

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा ५ जना सामुदायिक महिला स्वयम सेविकाहरुलाई सम्मान गरिएको छ । मंगलबार वडा नम्बर १३ स्थित पदमपोखरी अस्पतालमा भएको निःशुल्क दन्त शिविरको उद्घाटनका अवसरमा वडा सक्रिय रहेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

स्वास्थ्य सेवाका लागि सक्रिय रहने गंगाकुमारी चौंलागाई, मीना स्याङ्तान, सुनिता मोक्तान र सपना मोक्तानलाई नगद ७ हजार रुपियाँ सहित दोसल्ला ओडढाएर नगर प्रमुख मीना कुमारी लामाले सम्मान गरेकी हुन् ।

शिविरमा पदमपोखरी अस्पतालबाट १६९ जनाले दन्त सेवा लिएका छन् । हेटौंडा अस्पतालसँगको सहकार्यमा सञ्चालन भएको निःशुल्क विशेषज्ञ सहितको शिविरबाट स्थानियले स्वास्थ्य सेवा लिएका हुन् । मंगलबार भएको शिबिरमा १०४ जनाको उपचार गरीएकोमा ३० जनाको दाँत निकालिएको र अन्यलाई ओपिडि सेवा दिइएको अस्पतालका शेरबहादुर ब्लोनले जानकारी दिए । १ दिने शिविरमा हेटौंडा अस्पतालका विशेषज्ञ डाक्टरहरु करुणा ब्लोन र अस्मित पोखरेलले सेवा दिएका थिए ।

शिविरको हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौंडा १३ का अध्यक्ष पेम्बा लामाको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यहरु मञ्जु गोम्जा, उत्तम गोम्जा, सानुुमाया नेपाली, अस्पताल व्यवस्थापन समितिका सदस्य विष्णुमाया लामा, अस्पतालका मेडिकल अधिकृत डाक्टर निशान अर्याल, हेटौंडा उपमहानगरपालिकाका अहेब केशब तिमल्सिना, बाल सहजकर्ता निसा कट्टेल लगाएतको आतिथ्यता रहेको थियो ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*