बागमती प्रदेशको छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश
मकवानपुर । बागमती प्रदेशको छैटौँ वार्षिक प्रतिवदेन बागमती प्रदेश प्रमुख समक्ष पेश गरिएको छ ।
महालेखापरीक्षकको कार्यालयका उप–महालेखापरीक्षक बिन्दु विष्टले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष बुधबार प्रतिवेदन पेश गरेकी हुन् ।
उक्त प्रतिवदेन नेपालको संविधानको धारा २९४ को उपधारा (३) र लेखा परीक्षण ऐन, २०७५ को दफा १९ को उपदफा (४) बमोजिम महालेखापरीक्षकको कार्यालयबाट आर्थिक वर्ष २०७९–२०८० को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी तयार गरिएको हो ।












































